Nepal Rastra Bank Vacancy Notice

Nepal Rastra Bank Vacancy Notice


काठमाडौं । नेपाल राष्ट्र बैंकमा रिक्त रहेका विभिन्न तहका पदमा विज्ञापन खुलेकाे छ । विभिन्न ११४ पदमा कर्मचारी भर्नाका लागि दरखास्त अाह्वान गर्दै राष्ट्र बै‌ंकले विज्ञापन खाेलेकाे हाे ।
दरखास्त दिने म्याद एक महिना (२०७५ साल कार्तिक २९ गतेबाट मंसिर २८ गतेसम्म) रहेकाे छ । इच्छुक उम्मेदवारले दरखास्त र परीक्षा दस्तुर अनलाईबाट बुझाउनु पर्ने व्यवस्था गरिएको राष्ट्र बै‌ंकले जनाएकाे छ । तर परीक्षा दस्तुरचाहिँ अनलाइनमार्फत बुझाउन नसकिएमा बैंककाे सम्बन्धित शाखामा गएर पनि बुझाउन सकिनेछ ।
बैंकले सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनमा २१ जना, अधिकृत तृतीय चार्टर्ड एकाउन्टेन्टमा १० जना, सहायक निर्देशक (वाणिज्य कानुन)मा २ जना, सहायक द्वितीयमा ६८ जना, सहायक द्वितीय (सूचना प्रविधि)मा १३ जनाका लागि दरखास्त आह्वान गरेकाे हाे । सबै पदका लागि समावेशी रुपमा दरखास्त अाह्वान गरिएकाे छ ।
Previous
Next Post »